जिल्ला प्रशासन कार्यालय झापाले १६ गतेदेखि आलोपालो सेवा प्रदान गर्ने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

जिल्ला प्रशासन कार्यालय झापाले १६ गतेदेखि आलोपालो सेवा प्रदान गर्ने


१५ बैशाख २०७८, बुधबार


झापा । जिल्ला प्रशासन कार्यालय झापाले बैशाख १६ देखि स्थानीय तहगत आलोपालो सेवा प्रदान गर्ने भएको छ। कोरोना भाइरस संक्रमणको बढ्दो स्थितिलाई मध्यनजर गर्दै आलोपालो प्रणालीमा सेवा दिने भएको हो।

नागरिकता र नागरिकताको प्रतिलिपि लिन आउनेको चाप बढी भएको भन्दै १६ गतेदेखि आलोपालो सेवा प्रदान गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ।

आइतबार मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकाका सर्वसाधारणले सेवा पाउनेछन् भने भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिकाका सर्वसाधारणले सोमबार सेवा पाउनेछन्।

यसैगरी विर्तामोड नगरपालिकाका नागरिकले मंगलबार सेवा पाउँदा कनकाई नगरपालिका र झापा गाउँपालिकाका नागरिकले बुधवारमात्र सेवा पाउनेछन्। बाह्रदशी र हल्दिवारी गाउँपालिकाका नागरिकले बिहीबार सेवा पाउनेछन् भने शुक्रबार अर्जुनधाराका नागरिकले पालो पाउनेछन्।

तोकिएको दिनबाहेक अन्य दिनमा जाने सेवाग्राहीले सेवा नपाउने प्रशासनले जनाएको छ। दमक र गौरीगञ्ज इलाका क्षेत्रका सर्वसाधारणका हकमा भने कार्यालय खुलेका सबै दिन सेवा पाउने सूचनामा उल्लेख छ।

Tags :
प्रतिक्रिया दिनुहोस