प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्याउ जोनका प्रमुख घुससहित पक्राउ « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्याउ जोनका प्रमुख घुससहित पक्राउ


१४ बैशाख २०७८, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोन डोल्पाका कार्यालय प्रमुख हसमुल्ला खाँ २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयबाट खटिएको टोलीले खाँलाई २५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।

परियोजना कार्यान्वयन इकाई स्याउ जोन डोल्पाका कार्यालय प्रमुख खाँले दाँते ओखरको बिरुवा उत्पादन गरेबापत कृषकलाई दिनुपर्ने अनुदान रकम भुक्तानी गर्नको लागि घुस लिएको अख्तियारको भनाइ छ।

अख्तियारले खाँलाई घुस लिइसकेको अवस्थामा उनकै कार्यकक्षबाट नियन्त्रणमा लिएको हो। घुससहित पक्राउ परेका खाँमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस