प्रजिअ सहित ६ जनामा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालयको सेवा बन्द « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रजिअ सहित ६ जनामा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालयको सेवा बन्द


१४ बैशाख २०७८, मंगलबार


चौतारा । प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेललाई कोभिड–१९ सङ्क्रमण देखा परेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सेवा बन्द गरेको छ ।

कार्यालयले आज एक सूचना प्रकाशित गरी यही वैशाख १५ देखि २१ गतेसम्म कार्यालयको सेवा बन्द गरिएको जनाएको छ ।

सोमबार स्वाब सङ्कलन गरी पठाइएकामा एक कर्मचारीसहित ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जन स्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिए।

जिल्लामा हालसम्म ८८० जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेका छन् । तीमध्ये १७ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस