माथिल्लो तामाकोशीको शेयरमा सकारात्मक सर्किट « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

माथिल्लो तामाकोशीको शेयरमा सकारात्मक सर्किट


१४ बैशाख २०७८, मंगलबार


काठमाडौँ । आइतबार र सोमबार उच्च अङ्कले घटेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने ९२।४६ बिन्दुले बढेको छ ।

उच्च अङ्कले बढेको बजारमा माथिल्लो तामाकोशी र विशाल बजार कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो । माथिल्लो तामाकोशी १० प्रतिशत र विशाल बजार कम्पनीको ९.९९ प्रतिशतले वृद्धि भयो । लगानीकर्ताले आजको वृद्धिलाई ‘बाउन्स ब्याक’ को संज्ञा दिएका छन् । नेप्से दुई हजार ५९९.०७ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १४.४८ अङ्कले वृद्धि भई ४६७.२८ मा पुगेको छ ।

कूल २१६ कम्पनीको एक करोड दुई लाख दुई हजार २१९ कित्ता शेयर रु पाँच अर्ब १० करोड ९० लाख ९६ हजार ९५७ मूल्यमा खरिद बिक्री भए । जीवन बीमा ५५८.६३, निर्जीवन बीमा उपसमूह ५४३.२७ अङ्कले वृद्धि हुँदा कारोवार भएका सबै १३ उपसमूहको शेयरमा नै वृद्धि भयो । कारोवारका आधारमा माथिल्लो तामाकोशी, नेपाल पूर्वाधार बैंक, नेपाल पुनर्बीमा कम्पनी, नबिल बैंक र छिमेक लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा रह्यो ।

महिला लघुवित्त ९.८९, युनाइटेड इन्स्योरेन्स ९.८९ र समिट लघुवित्तका लगानीकर्ताले ९.७५ प्रतिशतले कमाए । आइसिएफसी फाइनान्सको ऋणपत्र १.९४, ग्लोबल आइएमई बैंकको ऋणपत्र १.८७, एसबिएल ऋणपत्र १.७५ र एनआइबिएल समृद्धि फण्डका लगानीकर्ताले १.११ प्रतिशतले गुमाए ।

Tags :
प्रतिक्रिया दिनुहोस