स्वास्थ्य क्षेत्रका कर्मचारीमा आलोपालो प्रणाली लागु गर्ने निर्णय « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

स्वास्थ्य क्षेत्रका कर्मचारीमा आलोपालो प्रणाली लागु गर्ने निर्णय


१४ बैशाख २०७८, मंगलबार


काठमाडौँ । सरकारले स्वास्थ्य क्षेत्रका कर्मचारीमा आलोपालो प्रणाली लागु गर्ने भएको छ ।

स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरु मध्ये ५० प्रतिशत जनशक्तिको पालो निर्धारण गरी सेवा दिने व्यवस्था मिलाउने मंगलबार स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय बैठकले निर्णय गरेको हो ।

यस्तै उपलब्ध स्वास्थ्य शैय्या, जनशक्ति, कोभिड–१९ संक्रमित बिरामीहरुको संख्या आदिका आधारमा अस्पतालले बहिरंग सेवा, सर्जरीलगायतका सेवा हाललाई स्थगित गर्ने निर्णय पनि गरेको मन्त्रालयले जनाएको छ । तर आकस्मिक उपचार भने सुनिश्चित गर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले चिकित्सक र स्वास्थ्यकर्मीलाई लामो बिदा नदिने र यसअघि बिदामा बसेकालाई पनि हाजिर हुन निर्देशन गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस