निषेधाज्ञामा पनि आन्तरिक उडान नरोकिने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

निषेधाज्ञामा पनि आन्तरिक उडान नरोकिने


प्रशासन संवाददाता

१४ बैशाख २०७८, मंगलबार


नेपाल नागरिक उड्डयन प्राधिकरण

काठमाडौँ । निषेधाज्ञाको बेलामा पनि आन्तरिक उडान हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले सरकारले आन्तरिक उडान बन्द गर्ने नभनेकाले सञ्चालन हुने बताएका छन् ।

उडानको संख्या पनि आवश्यकताअनुसार हुनेछ । ‘अत्यावश्यक कामबाहेक हिँड्न हुँदैन भन्ने हो । सोहीअनुसार यात्रुहरु पनि सुरक्षित तरिकाले हिँड्नुपर्छ,’ उनले भने । अहिले नै उडान संख्या घटाउने भन्ने भैसकेको छैन् ।

प्राधिकरणले वायुसेवा सञ्चालकहरुसँग पनि छलफल गरेको थियो । उक्त छलफलमा ‘बुकिङ नै कम छ’ भन्ने रिपोर्ट प्राधिकरणलाई दिएका थिए । सोहीअनुसार उडान संख्या कम हुनेछ । सार्वजनिक यातायात सञ्चालन नहुने भएकाले यात्रुहरु एयरपोर्ट जान आउन समस्या हुने भएकाले कम संख्यामा उडान हुने आंकलन प्राधिकरणको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले पनि हवाई उडान नरोक्ने निर्णय गरेको थियो । सोहीअनुसार मंगलबार प्राधिकरणले वायुसेवा सञ्चालकहरुसँग पनि छलफल गरेको हो । छलफलले आन्तरिक हवाई सेवा सञ्चालन गर्ने निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस