रुपन्देहीमा वैशाख १६ देखि २९ गतेसम्म निषेधाज्ञा सिफारिस « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रुपन्देहीमा वैशाख १६ देखि २९ गतेसम्म निषेधाज्ञा सिफारिस


१४ बैशाख २०७८, मंगलबार


बुटवल । कोभिड-१९ संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले रुपन्देहीमा निषेधाज्ञाको तयारी गरेको छ। दैनिक संक्रमित दर र मृत्यु हुनेको संख्या बढ्दै गएपछि रुपन्देही प्रशासनले निषेधाज्ञाको तयारी गरेको हो।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले रुपन्देहीमा वैशाख १६ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा गर्न सिफारिस गरेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले १६ गते बिहान १ बजेदेखि वैशाख २९ गतेसम्म निषेधाज्ञा सिफारिस गर्ने निर्णय गरेको हो ।

उद्योगी व्यवसायी, स्थानीय तह, राजनीतिक दलहरुसँग चरणबद्ध रुपमा छलफल गरेर निषेधाज्ञाको सिफारिश गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए ।

डीसीसीएमसीको सिफारिश अनुसार प्रमुख जिल्ला अधिकारीले बुधबार ९भोली० औपचारिक निर्णय गरी निषेधाज्ञा आदेश जारी गर्ने छन् । निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक वाहेक सबै सेवा र व्यवसाय बन्द हुनेछन् ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पहाडमा २०० र तराइमा ५०० बढि सक्रिय संक्रमित रहेका जिल्लाहरुमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्ने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस