भेरी अस्पतालका लागि ६० स्वास्थ्यकर्मी माग « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

भेरी अस्पतालका लागि ६० स्वास्थ्यकर्मी माग


१४ बैशाख २०७८, मंगलबार


बाँके । भेरी अस्पतालले ६० जना स्वास्थ्यकर्मी माग गरेको छ ।

१० जना मेडिकल अफिसरसहित ८० जना जनशक्ति भर्ना गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृति प्रदान गरेसँगै अस्पताल प्रशासनले विभिन्न पदमा ६० स्वास्थ्यकर्मीका लागि सोमबार दरखास्त आह्वान गरेको हो ।

अस्पतालले एक सूचना प्रकाशित गर्दै ३ जना एनेस्थेलियोलोजिस्ट, १० जना मेडिकल अधिकृत, २ जना नर्सिङ अधिकृत, ५ जना ल्याब टेक्निसियन, ४० जना स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ ।

कोरोना सङ्क्रमणको महामारी थेग्नै नसक्ने गरी फैलिएपछि स्वास्थ्यकर्मीले तत्काल जनशक्ति तथा अक्सिजन बेड व्यवस्थापन नभए थप सेवा दिन नसक्ने जनाएका थिए ।

स्वास्थ्य मन्त्रालयबाट प्राप्त हुने रकमबाट भुक्तानी हुने गरी असार मसान्तसम्मका लागि करार सेवामा काम गर्न चाहनेहरूका लागि दरखास्त आह्वान गरिएको अस्पतालले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।

No description available.

प्रतिक्रिया दिनुहोस