गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्ताव प्रदेश सभामा पेश « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्ताव प्रदेश सभामा पेश


१३ बैशाख २०७८, सोमबार


पोखरा । गण्डकी प्रदेश सभामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । सोमबार सुरु भएको विशेष अधिवेशनमा प्रस्तावित मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सदनमा अविश्वासको प्रस्ताव पेश गरेका हुन् ।

प्रस्ताव पेश गर्दै नेता कृष्णचन्द्र नेपालीले संघीय र प्रदेश सरकार असंवैधानिक र अलोकतान्त्रिक बाटोमा हिँडिरहेकाले अविश्वासको प्रस्ताव ल्याइएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने असंवैधानिक कदमलाई मुख्यमन्त्रीले पनि समर्थन गरेकाले सरकारका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु परेको उनको भनाइ थियो ।

मुख्यमन्त्री गुरुङविरुद्ध नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ सांसद गरी २८ जनाले वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । अविश्वासको प्रस्ताव दर्ता हुने सुचना पाएलगत्तै बैशाख १ गते राती १२ बजेमुख्यमन्त्री गुरुङले संसद अधिवेशन नै अन्त्य गरिदिएका थिए ।

गण्डकी प्रदेश सभामा नेकपा एमालेका २७ जना सांसद छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस