झाडापखालाबाट दिदीबहिनीको निधन « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

झाडापखालाबाट दिदीबहिनीको निधन


१३ बैशाख २०७८, सोमबार


तुलसीपु । झाडापखालाबाट एकै घरका दिदीबहिनीको मृत्यु भएको छ ।

शनिबार बेलुका स्थानीय खोलाबाट ल्याएको माछा पकाएर खाएपछि झाडापखाला लागेका राजपुर गाउँपालिका–६ का प्रेम बुढाका ११ वर्षीया रीता बुढा र १३ वर्षीया विनिता बुढाको निधन भएको हो ।

दिदी विनिताको आइतबार बिहान २ बजेतिर र बहिनी रीताको बिहान ६ बजेतिर निधन भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजकुमार भट्टले जानकारी दिए।

उपचारका क्रममा निधन भएका उनीहरुको शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस