५ सय सक्रिय सङ्क्रमित नाघे निषेधाज्ञा, उपत्यकामा निषेधाज्ञा लगाउने तयारी « प्रशासन
prasaLogo
१२ बैशाख २०७८, आईतवार

५ सय सक्रिय सङ्क्रमित नाघे निषेधाज्ञा, उपत्यकामा निषेधाज्ञा लगाउने तयारी


प्रकाशित मिति : 25 April, 2021 8:36 pm

काठमाडौँ। कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र(सीसीएमसी) ले सहरी क्षेत्रमा ५ सय सक्रिय सङ्क्रमित नाघे निषेधाज्ञा गर्न सक्ने अधिकार जिल्लालाई दिन सिफारिस गरेको छ ।

जिल्लामा रहेको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र(डीसीसीएमसी) मार्फत निर्णय गर्ने गरी प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाको अधिकार दिन लागिएको हो ।

योसँगै काठमाडौँ उपत्यकाका तीन वटै सिडिओले पनि संयुक्त छलफल गरेर निषेधाज्ञा लगाउने तयारी गरेका छन् ।

गत वर्ष उपत्यकाका तीन जनै प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकबाट निषेधाज्ञाबारे निर्णय हुने गरेकोले अहिले पनि काठमाडौँ, भक्तपुर र ललितपुरले संयुक्त निर्णय गर्ने तयारी गरेका हुन् ।

उपत्यकाका तीन वटै जिल्ला गरी ५ सय बढी सक्रिय सङ्क्रमित रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस