गुल्मीका कोरोना संक्रमितको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गुल्मीका कोरोना संक्रमितको मृत्यु


प्रशासन संवाददाता

१२ बैशाख २०७८, आइतबार


बुटवल । गुल्मीको पिपलधाराका कोरोना संक्रमित एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । गुल्मीको पिपलधाराका ४१ वर्षीय पुरुषको भीम अस्पताल भैरहवामा आज बिहान मृत्यु भएको हो ।

सशष्त्र प्रहरीका सेवानिवृत्त उनी भारतमा सेक्युरिटी गार्डको रोजगारीमा थिए । भारतमै कोरोनाका लक्षण देखिएपछि नेपाल फर्केका उनमा बैशाख ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

सोही दिन अस्पताल भर्ना भएका उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस