सर्वोच्चले हेर्न भ्याएन माधव नेपाल लगायतको मुद्दा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सर्वोच्चले हेर्न भ्याएन माधव नेपाल लगायतको मुद्दा


१२ बैशाख २०७८, आइतबार


सर्वोच्च अदालत

काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले दर्ता गरेको रिट निवेदन सर्वोच्च अदालतले हेर्न भ्याएन । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा उक्त निवेदनको पेसी तोकिएकोमा हेर्न नभ्याइएको सर्वोच्च अदालतले जनाएको छ ।

एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र आफ्नो विपक्षमा रहेकाको सांसद पद खारेज गर्ने सम्भावित कदम रोकिपाउँ भन्दै नेपाल, भुसाल, रावल र पाण्डेले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए । बिहीबार निवेदन सर्वोच्च अदालत पुगे पनि शुक्रबारमात्रै दर्ता भएको थियो भने आइतबारका लागि पेसी तोकिएको थियो ।

ओलीले नेपाल–झलनाथ खनालको पक्षमा लागेका प्रतिनिधिसभाका २७ सांसदलाई स्पष्टीकरण सोधेका थिए । त्यस्तै, कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्ने ५ प्रदेश सभा सदस्यलाई भने कारबाही प्रक्रिया अघि बढाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस