वाणिज्य मन्त्रालयले कोरोनाको असर आपूर्ति व्यवस्थामा पर्न नदिन थाल्यो तयारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वाणिज्य मन्त्रालयले कोरोनाको असर आपूर्ति व्यवस्थामा पर्न नदिन थाल्यो तयारी


१२ बैशाख २०७८, आइतबार


काठमाडौँ । भारतमा गहिरिएको कोरोनाको असरले नेपालको आपूर्ति व्यवस्थामा हालसम्म असर नपरेको जानकारी सरकारलाई निजी क्षेत्रले गराएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलमा आइतबार भएको छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरुले बजारमा अत्यावश्यक वस्तुको मौज्दात प्रशस्त रहेको र आपूर्ति व्यवस्थामा हालसम्म कुनै प्रभाव नपरेको जानकारी गराएको वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले जानकारी दिएका छन् ।

कोरोनाको असर बढ्दै गएपछि अत्यवश्यक वस्तुको उपलब्धता र आपूर्ति व्यवस्थाबारे मन्त्रालयले छलफल सुरु गरेको सचिव भट्टराईले बताए । ‘कोभिडको असर आपूर्ति व्यवस्थामा पर्न नदिन पूर्व तयारीको रुपमा आइतबार छलफल भयो । आपूर्ति व्यवस्थामा कुनै समस्या छैन्,’ सचिव भट्टराईले भने । छलफलमा सहभागी उद्योगी व्यवसायीहरुले महामारीको समयमा सरकारी समन्वय चुस्त हुनुपर्नेमा जोड दिएको पनि सचिव भट्टराईको भनाइ रहेको छ ।

आपूर्ति व्यवस्थालाई प्रभावित हुन नदिन निजी क्षेत्रले पहिलो घेरामा खटिले उद्योगी, व्यवसायी तथा कर्मचारीलाई कोभिड खोपको प्राथमिकतामा राख्न माग गरेको पनि सचिव भट्टराईले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस