काठमाडौँ सीडीओ कार्यालय एक साता बन्द « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

काठमाडौँ सीडीओ कार्यालय एक साता बन्द


१२ बैशाख २०७८, आइतबार


काठमाडौँ । केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौँ जिल्ला प्रशासन कार्यालय एक साताका लागि बन्द भएको छ ।

आइतबार (आज) काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले सूचना सार्वजनिक गर्दै सोमबारदेखि वैशाख २० गतेसम्म अत्यावश्यक कामबाहेक सेवा बन्द भएको जानकारी गराएका हुन् ।

पराजुलीका अनुसार अब शान्ति सुरक्षासँग सम्बन्धित निवेदन, मुद्दासँग सम्बन्धित कार्य र अन्य अत्यावश्यक सिफारिसबाहेक अन्य काम हुने छैनन् । तत्कालका लागि नयाँ नागरिकता, नागरिकता प्रतिलिपी, नाबालिक परिचयपत्र, राहदानी वितरण तथा सिफारिस, हातहतियार दार्ता र नवीकरण, संस्था दर्ता तथा नवीकरण र पत्रपत्रिका दर्ताको काम हुने छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस