आज काठमाडौँका यी ठाउँबाट लगाइँदै चिनियाँ खोप « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आज काठमाडौँका यी ठाउँबाट लगाइँदै चिनियाँ खोप


१२ बैशाख २०७८, आइतबार


काठमाडौँ । चीनबाट ल्याइएको नेयाँ भेरोसेल खोपको पहिलो मात्रा आज काठमाडौँका तीन अस्पतालबाट लगाइँदै छ ।

निजामती अस्पताल मिनभवन, सशस्त्र प्रहरी अस्पताल बलम्बु र राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरबाट खोप प्रदान गरिने जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले जानकारी दिएको छ ।

सोमबारदेखि परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली, नेपाल मेडिकल कलेज अत्तरखेल, काठमाडौं मेडिकल कलेज सिनामंगल र हिमाल अस्पताल ज्ञानेश्वरबाट खोप प्रदान गरिने छ ।

अहिले नियमित रहेको कोभिसिल्ड खोपको दोस्रो मात्रा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल र त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट प्रदान गरिँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस