कोरोना सङ्क्रमणबाट भारतमा एकै परिवारका चारको मृत्यु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कोरोना सङ्क्रमणबाट भारतमा एकै परिवारका चारको मृत्यु


१२ बैशाख २०७८, आइतबार


काठमाडौँ । कोरोना सङ्क्रमणबाट भारतमा एकै परिवारका चार जनाको ज्यान गएको छ । मृत्यु हुनेमा भारतको पुणे हडपसर इलाकामा बस्दै आएका आमा सुमन कोचेकर, उनका पति लक्ष्मण तथा छोराहरु श्यामसुन्दर र विजय रहेको भारतीय मिडिया दैनिक भास्करले उल्लेख गरेको छ ।

एउटै घरमा बस्दै आएका उनीहरूको कोरोना सङ्क्रमणपछि अलग अलग अस्पतालमा उपचार भइरहेको थियो । सुमनको अप्रिल १६ मा, त्यसको ६ दिनपछि उनका पति लक्ष्मणको र त्यसपछि छोराहरूको मृत्यु भएको बताइएको छ । घरकी एउटी मात्र बुहारीको पनि अवस्था गम्भीर रहेको बताइएको छ । फोक्सोको ५० प्रतिशत भागमा सङ्क्रमण भइसकेको अवस्थामा उपचार जारी रहेको बताइएको छ ।

हाल भारतको पुणे जिल्लामा एक लाख १६ हजार कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । हालसम्म ११ हजार ७ सय ८० जनाको मृत्यु भइसेको छ ।
उक्त जिल्लमा मृत्युदर १ं५४ प्रतिशत र सङ्क्रमणबाट मुक्त हुनेको दर ८१.११ प्रतिशत रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस