कर्णाली प्रदेश विकास परिषद्को दोस्रो बैठक आज « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कर्णाली प्रदेश विकास परिषद्को दोस्रो बैठक आज


१२ बैशाख २०७८, आइतबार


कर्णाली । कर्णाली प्रदेश सरकारको दोस्रो प्रदेश विकास परिषद् बैठक आज बस्ने भएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बैठक आज ११ः०० बजेबाट शुरु हुँदैछ । कर्णाली प्रदेश सरकार तथा प्रदेश योजना आयोगद्वारा आयोजित बैठकमा प्रथमतः कर्णाली प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सर्वराज खड्काले कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको कार्यान्वयनबारे कार्यपत्र प्रस्तुत गर्ने र त्यसमा छलफल हुने प्रदेश विकास परिषद्को दोस्रो बैठक तयारी समिति संयोजक तथा आयोगका सदस्य डा. दीपेन्द्र रोकायले जानकारी दिए ।

त्यस्तै बैठकमा संयोजक डा. रोकायले चालु आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन र आगामी आर्थिक वर्षका लागि लिनुपर्ने नीति, कार्यक्रम र बजेटसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नेछन् र त्यसपश्चात राय सुझाव लिइने तालिका सार्वजनिक गरिएको छ । आयोगका सदस्य योगेन्द्र शाही र दिव्यराज पोखरेलले प्रस्तुत गर्ने परियोजना बैंक र लगानी सम्मेलन तथा सहलगानीका सम्बन्धमा बैठकमा छलफल गरी परिषद्को मार्गदर्शन लिइने जनाइएको छ ।

उक्त बैठकमा प्रदेश सरकारका मन्त्री, प्रदेशसभा दलका प्रमुख नेता, समितिका अध्यक्ष, आयोगका पदाधिकारी, प्रदेश सचिव, जिल्ला समन्वय प्रमुख, नगरपालिका तथा गाउँपालिकाका प्रमुख/अध्यक्ष, विभिन्न क्षेत्रबाट मनोनित पाँच जना, कर्णाली विज्ञ समूहका साथै लब्धप्रतिष्ठित व्यक्तिहरूलाई आमन्त्रण गरिएको सयोजक डा रोकायले बताए । उनका अनुसार बैठक भर्चुअलरूपमा सञ्चालन हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस