विप्लवबाट अलग्गिए आधा दर्जन बढी सङ्गठनका अध्यक्ष र मजदुर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विप्लवबाट अलग्गिए आधा दर्जन बढी सङ्गठनका अध्यक्ष र मजदुर


१२ बैशाख २०७८, आइतबार


काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघबाट आधा दर्जन बढी संस्थाका अध्यक्ष तथा मजदुरहरू अलग भएका छन् ।

पोखरामा सम्पन्न महासंघको छैटौँ राष्ट्रिय सम्मेलन पश्चात् संगठनसँग वैचारिक, सैद्धान्तिक, राजनीतिक र कार्यशैलीमा असहमत रहेको भन्दै उनीहरूले साथ विप्लवबाट अलग भएको जानकार दिएका हुन् ।

पेसागत हक हितका लागि जस्तोसुकै चुनौतीको सामना गर्दै अगाडि बढ्न दृढ संकल्पित रहेको भन्दै भीम प्रसाद अधिकारीको नेतृत्वमा उक्त पार्टी र सङ्गठनबाट अलग भएको विज्ञप्तिमार्फत जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस