आजको मौसम : प्रदेश १ मा मेघगर्जनसहित वर्षाको सम्भावना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आजको मौसम : प्रदेश १ मा मेघगर्जनसहित वर्षाको सम्भावना


१२ बैशाख २०७८, आइतबार


काठमाडौँ। आज देशका अधिकांश स्थानमा आंशिक बदली रहनेछ । प्रदेश १ का केही स्थानमा भने मेघगर्जनसहित हल्का वर्षाको संभावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

विभागले मेघगर्जनसहित वर्षाको संभावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस