‘मैले रोजेँ रुन र तिमीलाई माया गर्न’ : चीनको विविध अनुहारको प्रस्तुति « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

‘मैले रोजेँ रुन र तिमीलाई माया गर्न’ : चीनको विविध अनुहारको प्रस्तुति


११ बैशाख २०७८, शनिबार


काठमाडौँ ।

कहिले पनि जीवन खेर नफाल
कहिले पनि मानवताको परीक्षा नलिनू
स्वयंलाई प्रेम गर्नू
र अरू सबैलाई

चिनियाँ लेखक याङ शिङशियाङको कवितासङ्ग्रह ‘मैले रोजेँ रुन र तिमीलाई माया गर्न’ प्रकाशनमा आएको छ । कवि तथा अनुवादक युयुत्सु आरडी शर्माद्वारा अङ्ग्रेजीबाट अनुदित तथा ह्वाइट बुक लोटस शप कोपुण्डोलद्वारा प्रकाशित द्विभाषी सो कृतिमा १३५ थान कविता समाविष्ट छन् ।

नेपाललाई अति माया गर्ने कविको हिमालमाथिको काल्पनिक उडानमा केन्द्रित यी कविता धेरै चिज बनाउने आधुनिक चीनको व्यस्त जीवनमा शान्तिको खोजी पनि गरेका छन् ।

चिनियाँ जनजीवन, व्यक्तिगत अनुभव, समय यसका विषयवस्तु हुन् । यी कवितामा विश्वव्यापी पहिचान खोजिरहेको आधुनिक चीनको प्रखर र पृथक प्रस्तुति पाइने अनुवादक शर्माले बताए । ‘कवितासङ्ग्रह चीनको विविध अनुहारको प्रस्तुति पनि हो’, शर्माले भने ।

धेरै पुरस्कारबाट सम्मानित तथा धेरै संस्थासँग आबद्ध शिङशियाङ चिनियाँ साहित्यमा न्यु स्कार कविता आन्दोलनका प्रणेता, साहित्य समालोचक तथा रेनमिन युनिभर्सिटी, बेजिङमा साहित्य विषयका प्राध्यापक पनि छन्।

शरीर र मासु मैले भन्नैपर्छ
मासुभित्र रहेको जङ्गल
यसको गहिराइमा बस्छ
अनन्त झरना बास गर्छ
अनन्त कालो सङ्गीतका साथ

Tags :
प्रतिक्रिया दिनुहोस