प्रधानमन्त्री ओलीले गरे धरहराको उद्घाटन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री ओलीले गरे धरहराको उद्घाटन


११ बैशाख २०७८, शनिबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको समुद्घाटन गरेका छन् । शनिवार एक विशेष कार्यक्रमका साथ प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् ।

धरहरामा राखिएको शिलालेख अनावरण गरेपछि उनी बालकोनीमा पुगेका थिए । त्यहाँबाट उनले काठमाडौं उपत्यकाको दृष्यावलोकन गरेका थिए । लिफ्टबाट २० औँ तलामा रहेको बालकोनीमा पुगेर प्रधानमन्त्री ओलीले पुष्प वृष्टिसमेत गरे ।

कोरोना संक्रमणको जोखिमका कारण उदघाटन समारोहमा कसैलाई पनि नबोलाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । उदघाटन कार्यक्रम अवलोकनका लागि वैकल्पिक व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।

धरहरा पूर्णरुपमा तयार भइ नसकेकोले अवलोकन गर्न भने पाइने छैन ।

२०७२ सालको भूकम्पले नौ तले धराहरा भत्किएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिले धरहरा रहेकै स्थानमा २२ तले धरहरा पुनर्निर्माण गरेको छ । बाहिरबाट भने धरहरा ११ तलाको देखिन्छ । पुनर्निर्मित धरहरामा सुनको जलप लगाइएको गजुर राखिएको थियो । धरहराको २२ औं तलामा शिवलिंग छ ।

दुईवटा लिफ्ट र रंगरोगनको काम सकिएको छ । हाललाई एउटा मात्र लिफ्ट सन्चालन गरिएको छ । पार्किङ क्षेत्र, बगैंचालगायतको काम जारी छ । धरहरालाई बलियो, आकर्षक र अपांगमैत्री बनाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

२९ रोपनीमा विस्तारित रुपमा सुन्धारालाई समेटेर पार्क बनाउने सरकारी योजना अनुसार ३ अर्ब ८ करोड लागतमा रमण कन्स्ट्रक्सनले ठेक्का पाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस