उपत्यकासहित देशका केही स्थानमा पानी पर्ने सम्भावना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उपत्यकासहित देशका केही स्थानमा पानी पर्ने सम्भावना


११ बैशाख २०७८, शनिबार


काठमाडौ । आज पनि देशका विभिन्न स्थानमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मोसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

अहिले प्रि–मनसुन चलिरहेकाले शनिबार बेलुकीपख काठमाडौँ उपत्यकासहित देशका केही स्थानमा पानीपर्ने सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागको केही स्थानमा र बाँकी प्रदेशका एकरदुई स्थानमा मेघगर्जन‚ चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। काठमाडौँ उपत्यकाका केही स्थानमा पनि बेलुकीपख क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शनिबार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा पानी परेको महाशाखाले जनाएको छ। दिउँसो यी दुई प्रदेशसहित बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए।

उपत्यकाको न्युनतम तापक्रम आज विहान १२ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर ३१ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।

भोलि वैशाख १२ गते आइतबार देशका अधिकांश भू–भागमा आंशिक बदली रहने छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

वैशाख १३ गते सोमबार देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश न.१ र प्रदेश न।२ मा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस