एमालेकी केन्द्रीय सदस्य भगवती चौधरी बालुवाटार बैठकबाटै रुँदै बाहिरिइन् « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एमालेकी केन्द्रीय सदस्य भगवती चौधरी बालुवाटार बैठकबाटै रुँदै बाहिरिइन्


१० बैशाख २०७८, शुक्रबार


काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य भगवती चौधरी बालुवाटारामा जारी महाधिवेशन आयोजक समितिको बैठकबाट बिचमै निस्किइन् ।

बालुवाटारमा जारी बैठकबाट भगवती चौधरी सहज रुपमा भने निस्किएकी थिइनन्। ओलीको निकटतम र एक पटक राज्य मन्त्रीसमेत भइसकेकी चौधरी बालुवाटारबाट रुँदै बाहिरिएकी हुन्।उनी बैठककै बिचमा यसअघि पनि बाहिरिएकी थिइन्। तर, त्यतिबेला एमाले नेताहरुले फकाउँदै भित्र लगेका थिए।

उनी यसपटक बैठकबाट रुँदै बाहिरिएको र सामुहिक राजिनामा दिने आक्रोशसहित गाडी चढेर बालुवाटरबाट निस्किइन्। ‘जे–जे गर्न मन लाग्छ गरे भइगयो नि। म किन चाहियो ?’ भन्दै उनी बाहिरिएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस