माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्यबाट खड्कालाई हटायो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्यबाट खड्कालाई हटायो


१० बैशाख २०७८, शुक्रबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । खड्काले दल त्याग गरेको सूचना माओवादी केन्द्रले शुक्रबार (आज) संसद सचिवालयमा दर्ता गरेको हो ।

माओवादी केन्द्रका राष्ट्रिय सभा दलका नेता दीनानाथ शर्माले खड्काले दल त्याग गरेको पत्र संसद सचिवालयमा जानकारी गराएका छन् ।

माओवादीले यसअघि रामबहादुर थापालाई राष्ट्रियसभा सदस्यबाट हटाएको थियो । उक्त रिक्त ठाउँमा निर्वाचन आयोगले जेठ ६ गतेलाई उपचुनाव घोषणा गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस