ओलीले धरहरा हेरेर दम्भ देखाए -माधव नेपाल  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ओलीले धरहरा हेरेर दम्भ देखाए -माधव नेपाल 


१० बैशाख २०७८, शुक्रबार


काठमाडौँ । नेकपा नेता माधव कुमार नेपालले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले धरहरा देखाएर दम्भ देखाएको बताएका छन् ।

मेरियट होटलमा केपी ओलीसँगको वार्ता असफल भएपछि जनकपुर पुगेर नेपालले ओलीको दम्भ बढेको बताएका हुन् ।

शुक्रबार बिहान जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले आफू आन्दोलनबाट नभाग्ने र संगठन छाडेर पनि नहिँड्ने प्रष्ट्याए । ओलीमा भएको दम्भको कुनै अर्थ नरहेको भन्दै नेपालले आफूहरु आन्दोलन, पार्टी र लोकतन्त्र नछाड्ने दोहोर्‍याएका हुन्।

‘मैले भनेको थिए बालुवा पेलेर तेल निस्किने बेला छैन’,पत्रकार सम्मेलनमा नेपालले भने, ‘बालुवाटारको बालुवामा तेल छँदै छैन । वामदेवजीले तैपनि पेल्नुस् न एकपटक भनेपछि छलफलमा गयौं । तर, बालुवा पेलेर तेल निस्किनेवाला छैन । केपी ओली सुध्रिनेवाला छैन ।’

‘केपी ओलीका दम्भ धरहरा भन्दा माथि भर्‍याङ उक्लेर बसेको छ’, नेता नेपालले भने, ‘हिजो धरहरा हेर्दैहुनुहुन्थ्यो उहाँ, त्यो धरहरा हेरेर त्यो दम्भ देखाइरहनु भएको थियो ।’

ओलीले फागुन २८ को निर्णय फिर्ता गर्न नमानेकै कारण सहमति नभएको उनको भनाई छ । उनले भने, ‘मैथिलीमा भनिन्छ-मन चङ्गा त कठौतीमा गंगा । तर ओलीको मन नै चङ्गा(शुद्ध) छैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस