भारतको एक कोभिड अस्पतालमा आगलागी हुँदा उपचाररत १२ जनाको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भारतको एक कोभिड अस्पतालमा आगलागी हुँदा उपचाररत १२ जनाको मृत्यु


एजेन्सी

१० बैशाख २०७८, शुक्रबार


काठमाडौँ । भारतको मुम्बईस्थित एक कोरोना भाइरस (कोभिड-१९) विशेष अस्पतालमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ ।

मुम्बईको विरारस्थित विजय वल्लभ अस्पतालको आईसीयू वार्डमा आगलागी भएको र आगलागीबाट अस्पतालमा उपचाररत १२ जना बिरामीको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अस्पतालमा आज(शुक्रबार) बिहान करिब साढे ३ बजेतिर आगलागी भएको हो । अग्नि नियन्त्रक र प्रहरीको टोली घटनास्थलमा पुगेका छन् । आगलागीको कारण खुलेको छैन ।

यसअघि महाराष्ट्रको नासिकमा अक्सिजन लीक हुँदा २४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस