माहाराजगंज नगरपालिका कार्यालय एक साताका लागि बन्द « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

माहाराजगंज नगरपालिका कार्यालय एक साताका लागि बन्द


९ बैशाख २०७८, बिहिबार


काठमाडौँ । कर्मचारी र जनप्रतिनिधिहरूमा कोरोना सङ्क्रमण देखिएपछि कपिलवस्तुको माहाराजगंज नगरपालिकाको कार्यालय एक हप्ताका लागि बन्द भएको छ।

कोरोना भाइरस(कोभिड-१९) को सङ्क्रमण रोकथाम गर्ने उद्देश्यले कार्यालय बन्द रहने नगरपालिकाले जनाएको छ। नगरपालिकाको नगर कार्यपालिका कार्यालयका केही कर्मचारीहरूमा समेत कोरोना सङ्क्रमण पुष्टि भएकोले नगरपालिका बन्द गरिएको हो। महाराजगन्ज नगर कार्यपालिकाको बिहीबारको बैठकले वैशाख १० गतेदेखि वैशाख १७ गतेसम्म बन्द रहने गरी सूचना प्रकाशित गरेको छ।

नगरपालिका भित्रका स्वास्थ्य शाखा र अत्यावश्यक सेवाहरू बाहेक नगरपालिकाको अन्य सेवाहरू बन्द रहने महाराजगन्ज नगरपालिकाका नगरप्रमुख अब्दुल कलाम र प्रमुख प्रशासकीय अधिकृत वेदप्रसाद खरेलले हस्ताक्षर गरेको सूचनामा उल्लेख गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस