ओलीसँगको वार्तापछि नेपालले भने : मिल्ने कुनै सम्भावना देखिएको छैन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

ओलीसँगको वार्तापछि नेपालले भने : मिल्ने कुनै सम्भावना देखिएको छैन


९ बैशाख २०७८, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको वार्तामा कुनै प्रगति नभएको नेकपा नेता माधवकुमार नेपालले बताएका छन् ।

बिहीबार होटल मेरियटमा बसेको दुवै नेताहरुबीचको छलफलपछिको पत्रकारसँग कुराकानी गर्दै नेता नेपालले दुई नेताबीचको छलफलमा कुनै प्रगति नभएको बताए । उनले भने, ‘मिल्ने सम्भावना पनि देखिएको छैन । अब छलफल कहिले हुन्छ थाहा छैन ।’

दुई नेताबीच हिजो (बुधबार) पनि सोही स्थानमा करिब दुई घण्टा लामो छलफल भएको थियो । नेता नेपालले अघिल्लो छलफलमा केही सकारात्मक निचोडको आश लागेको भएपनि आज त्यो पनि बाँकी नरहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस