ओलीले सोधेको स्पष्टीकरणमा एमाले सांसदले बुझाए जवाफ, यस्तो छ सुरेन्द्र पाण्डेको स्पष्टीकरण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ओलीले सोधेको स्पष्टीकरणमा एमाले सांसदले बुझाए जवाफ, यस्तो छ सुरेन्द्र पाण्डेको स्पष्टीकरण


९ बैशाख २०७८, बिहिबार


काठमाडौँ । नेकपा एमालेको खनाल-नेपाल समूहका २७ सांसदले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ बुझाएका छन् ।

मंगलबार ओलीले तीन दिने म्याद राखेर संघका २७ र प्रदेशका ५ सांसदलाई सोधेको स्पष्टीकरणको जवाफ बुझाएका हुन् ।

उनीहरुमध्ये केहीले एमाले संसदीय दलको कार्यालय त केहीले इमेलमार्फत जवाफ बुझाएका हुन् । अध्यक्ष ओलीले माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई भने २ दिनको समय र अन्यलाई ३ दिनको समय दिएर स्पष्टीकरण सोधेका थिए । ओलीले चित्तबुझ्दो जवाफ नदिए सांसदबाटै हटाउने चेतावनी दिएका थिए ।

नेता सुरेन्द्र पाण्डेले पनि आजै स्पष्टीकरणको जवाफ पठाएका छन् । उनले केपी ओलीले अध्यक्षका हैसियतले चालेका कदमहरू पार्टीको विधानविपरीत भएको आरोप जवाफ दिएका छन् ।

साथै पार्टीमा आफुहरुले गरेको आलोचना र विरोधलाई सरकारविरुद्ध काम गरेको भन्ने हो भने लोकतन्त्रको नै मृत्यु हुने र पार्टीको माक्र्सवाद–लेनिनवादको द्वन्द्ववादी सिद्धान्त तथा जनवादको अवसान हुने जवाफ फर्काएका छन् ।

यस्तो छ सुरेन्द्र पाण्डेको स्पष्टीकरण:

 

Tags :
प्रतिक्रिया दिनुहोस