एमाले अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एमाले अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता


८ बैशाख २०७८, बुधबार


काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच राजधानीको मेरिट होटलमा वार्ता भइरहेको छ।

स्रोतका अनुसार करिब १५ मिनेटयता ओली र नेपालबीच वार्ता भइरहेको हो। पार्टी विभाजन चरमोत्कर्षमा पुगेका बेला ओली र नेपालबीच वार्ता भएको हो। स्रोतका अनुसार अध्यक्ष ओलीले बालुवाटारमै वार्ता गर्न गरेको आग्रह नेपालले अस्वीकार गरेपछि दुवैजना वार्ताका लागि मेरिट होटल पुगेका हुन्।

यसअघि नेपाल पक्षका योगेश भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेर पार्टी एकताबद्धका लागि लचिलो बन्न आग्रह गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस