मनकामना मन्दिर वैशाखभर बन्द « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मनकामना मन्दिर वैशाखभर बन्द


८ बैशाख २०७८, बुधबार


गोरखा । कोरोना संक्रमण जोखिम बढेसँगै प्रसिद्ध धार्मिक तीर्थस्थल मनकामना मन्दिर र गोरखकाली मन्दिरमा नित्य बाहेकको पूजा बन्द गरिने भएको छ ।

मंगलबार बसेको जिल्लास्तरीय कोभिड-१९ विपद व्यवस्थापन समितिको बैठकले मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च, लगायतका धार्मिकस्थलमा स्वास्थ्य मापदण्ड पालना गर्ने गरी नित्य पूजा,ध्यान र प्राथनाबाहेक सम्पुर्ण पूजाआजा बुधबारबाट वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय अनुसार मनकामना मन्दिरमा नित्य बाहेकका पूजा बन्द गरिने मनकामना क्षेत्र विकास समितिका सचिव लेवेन्द्र गुरुङले बताए । आज(बुधबार) नित्य बाहेकको पूजाआजा बन्द गर्ने सूचना जारी गर्ने तयारी भइरहेको उनले बताए ।

वैशाख मसान्तसम्म वा अर्को सूचना नभएसम्मका लागि सर्वसाधारणका लागि पूजा बन्द गरिने उनले बताए । प्रशासनको निर्देशन अनुसार नै मन्दिरमा नित्य बाहेकको पूजामा रोक लगाइएको उनले बताए ।

पछिल्लो समय कोरोना भाइरस संक्रमण तिव्र रुपमा फैलिएपछि सरकाले सिनेमा हल, पार्टी प्यालेस, नाचघर हेल्थ क्लब, जिम खाना, फुटसल, सभा, आमसभा तथा भिडभाड हुने सबै कार्यक्रममा रोक लगाइएको छ । अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलपमा पनि २५ जनासम्म मात्र भेला भइ स्वास्थ्य मापदण्ड पालना गर्न भनिएको छ । होटल तथा रेष्टुरेन्टहरु पनि बिहान आठ बजेबाट बेलुकी आठ बजेसम्म मात्र खोल्न निर्देशन गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस