राति घरमा आगलागी हुँदा सुतिरहेका एकजनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राति घरमा आगलागी हुँदा सुतिरहेका एकजनाको मृत्यु


८ बैशाख २०७८, बुधबार


सल्यान । सल्यानको एउटा घरमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ। जिल्लाको शारदा नगरपालिका १० मदाना निवासी ३० वर्षीय रामबहादुर सुनारको सुतिरहेको अवस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

मंगलबार राति करिब १० बजेको समयमा उज्यालोको रुपमा प्रयोग हुने सल्लाको दियालोबाट आगलागी हुँदा उनको मृत्यु भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

उनी घरमा एक्लै बसेकाले अन्य मानवीय क्षति नभएको बताइएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस