नेप्से ३२ अङ्कले घट्यो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेप्से ३२ अङ्कले घट्यो


८ बैशाख २०७८, बुधबार


काठमाडौँ । मंगलबार झिनो अंकले सुधारिएको सेयर कारोबार मापक नेप्से आज दोहोरो अंकले घटेको छ । नेप्से  ३२.४१ अंकले घटेर २ हजार ६ सय ३२.२० अंकमा झरेको हो ।

‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.२१ अंकले घटेको छ । आज म्युचुअल फण्ड समूहको सवइन्डेक्स ०.०२ अंकले उकालो लागेको छ भने, बाँकी सबै समूहगत सबइन्डेक्स घटेर रातै देखिएका छन् ।

बजारमा समग्रमा ३२ अंकले घटेपनि केहि कम्पनीहरुको सेयर मूल्यमा भने निकै राम्रो सुधार पनि देखिएको छ । चार वटा कम्पनीको सेयर मूल्य सर्किट लेभल (९ प्रतिशत भन्दा माथि) ले वृद्धि भएका छन् । सबैभन्दा धेरै कमाउनेहरुको शिर्ष स्थानमा ज्योति लाइफ इन्स्यारेन्सका लगानीकर्ताहरु देखिएका छन् ।

आईपीओ सूचीकृत भएदेखि नै दैनिक वृद्धि भइरहेको ज्योति लाइफको बुधबार पनि ९.९६ अंकले वृद्धि भएको छ । कारोबार संख्या तथा कारोबार रकमका आधारमा भने पहिलो नम्बरमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस