बागलुङको तीन वडामा १० दिन लकडाउन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बागलुङको तीन वडामा १० दिन लकडाउन


प्रशासन संवाददाता

८ बैशाख २०७८, बुधबार


बागलुङ । बागलुङको बलेवा क्षेत्र १० दिनका लागि लकडाउनको घोषणा गरिएको छ ।

विद्यालय र समुदायमा ठुलो सङ्ख्यामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि बैशाख ७ गते राती १२ बजे देखि १७ गते रातको १२ बजे सम्म लकडाउनको घोषणा गरेको हो ।

मङ्गलबार बागलुङ नगरपालिका–१४ नारायणस्थानको जनताधन माविका १९ विद्यार्थीसहित सोही विद्यालय आसपास समुदायका शङ्कास्पद बिरामीको जाँच गर्दा ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

यसअघि सोही विद्यालयका दुई शिक्षकमा कोरोना सङ्क्रमण देखापरेको थियो । विद्यालयमा अघिल्लो शुक्रबारदेखि नै पठनपाठन बन्द गरिएको छ ।

मङ्गलबार बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले मङ्गलबार रातिदेखि लागू हुनेगरी लकडाउन घोषणा गरेको हो ।

बागलुङ नगरपालिका–१४ नारायणस्थाल, वडा नं. १२ अमलाचौर र वडा नं. १३ पैञ्युपाटामा दश दिनका लागि लकडाउनको घोषणा गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख तथा जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिका स्रोत व्यक्ति सुरज गुरौले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस