बिहीबार राति आकाशमा वीणा उल्का वर्षा देखिने « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

बिहीबार राति आकाशमा वीणा उल्का वर्षा देखिने


प्रशासन संवाददाता

८ बैशाख २०७८, बुधबार


काठमाडौँ । बिहीबार राति आकाशमा वीणा उल्का वर्षा देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जानकारी दिएको छ ।

वैशाख ३ गतेदेखि सक्रिय भएको यो वर्षको वीणा उल्का वर्षा मोसम सफा भएपछि बिहीबार आकाशमा देखिने छ । बिहीबार राति भने यो उल्का वर्षा अत्यधिक सक्रिय हुनेछ। यो उल्का वर्षालाई अंग्रेजीमा ‘लाइरिड मिटियोर सावर’ भनिन्छ।

अत्यधिक सक्रियताको समयमा प्रतिघन्टा १५ देखि २० वटा उल्का खसेको देख्न सकिने सोसाइटीले जनाएको छ । बिहीबार राति ११ बजेदेखि शुक्रवार बिहान सूर्योदयसम्म हेर्न सकिने छ।

Tags :
प्रतिक्रिया दिनुहोस