सभामुखविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सभामुखविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा


८ बैशाख २०७८, बुधबार


काठमाडौँ। सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा नभ्याइनेमा राखिएको छ । हेर्न नभ्याइने भएपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले सापकोटको मुद्दा बुधबार सुनुवाइ नगरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको संवैधानिक इजलासमा उक्त मुद्दाको पेशी तोकिएको थियो ।

यसअघि २०७६ फागुन ३० मा पनि यो मुद्दा पेशीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस