विदेश जान लागेका १२२ यात्रुलाई विमानस्थलबाट फर्काइयो « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

विदेश जान लागेका १२२ यात्रुलाई विमानस्थलबाट फर्काइयो


प्रशासन संवाददाता

८ बैशाख २०७८, बुधबार


काठमाडौँ । त्रिभुवन विमानस्थलबाट विदेश जान लागेका एक सय २२ यात्रुलाई अध्यागमन विभागले फर्काएको छ । सिनामंगलको सुरिया ल्याबबाट पीसीआर रिपोर्ट लिएर विमानस्थलबाट पुगेका १२२ जनालाई फर्काइएको छ ।

सुरिया हेल्थ केयरमा बनाइएको सिपिआर रिपोर्ट देखिएपछि नक्कली भएको आशङ्कामा फर्काइएको स्रोतले जानकारी दिएको छ । यसरी फर्काइएकामा जजिरा एयरका ३७, एयर अरेबियाका ५४ र सलाम एयरका ४५ जना रहेको ढकालले बताए।

यसरी फर्काइएकामा जजिरा एयरका ३७, एयर अरेबियाका ५४ र सलाम एयरका ४५ जना रहेको ढकालले बताए। यसरी फर्काइएकामा जजिरा, एयर अरेबिया र सलाम एयर यात्रु रहेको बताइएको छ ।

सुरिया हेल्थ केयरमा महानगरीय अपराध महाशाखाले मङ्गलवार छापा मारेको थियो। विदेश जानेहरूलाई ९ हजार रुपैयाँ लिएर सिपिआर रिपोर्ट नक्कली बनाएको आरोपमा सुरियामा प्रहरीले छापा मारेको थियो । सुरिया हेल्थ केयरका आठ जना पक्राउ परेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस