सर्वोच्चका नवनियुक्त दुई न्यायाधीशले लिए सपथ « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

सर्वोच्चका नवनियुक्त दुई न्यायाधीशले लिए सपथ


८ बैशाख २०७८, बुधबार


काठमाडौँ । सर्वोच्च अदालतका दुई नवनियुक्त न्यायाधीश नहकुल सुवेदी र कुमार चुडालले पद तथा गोपनीयताको सपथ लिएका छन् । आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले उनीहरुलाई सपथ ग्रहण गराएका हुन् ।

सपथ लिएलगत्तै सपथलगत्तै दुवै न्यायाधीशलाई आजैबाट इजलाससमेत तोकिएको छ । न्यायाधीश नहकुल सुवेदी र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलास तोकिएको छ । न्यायाधीश चुडाललाई न्यायाधीश प्रकाशमान सिंह राउतको संयुक्त इजलास तोकिएको हो ।

यसअघि सर्वोच्चमै सपथ गराएपछि प्रधानन्यायाधीशले राष्ट्रपति कार्यालयमा गएर सपथ गराउने चलन थियो । यसपटकदेखि भने सर्वोच्चमा मात्रै सपथ गराउन थालिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस