आज सुनको मुल्य १३ सय रुपैयाँले बढ्यो « प्रशासन
prasaLogo
८ बैशाख २०७८, बुधबार

आज सुनको मुल्य १३ सय रुपैयाँले बढ्यो


प्रकाशित मिति : 21 April, 2021 12:18 pm

काठमाण्डौँ । आज सुनको सुनको मुल्य १३ सय रुपैयाँले बढेको छ । हिजो तोलामा ३ सय रुपैयाँले घटेर ९० हजार ७ सय रुपैयाँमा कारोवार भैरहेको सुनको मुल्य आज फेरि १३ सय रुपैयाँले बढेर तोलाको ९२ हजार रुपैयाँमा पुगेको छ ।

कोरोना भाइरसको जोखिम बढेसँगै विश्वमा सुन चाँदीको मुल्यमा उतार चढाव आइरहेको छ । अन्य क्षेत्रमा भन्दा सुनमा लगानी सुरक्षित हुने भएकाले लगानीकर्ता सुनमा आकर्षित हुँदा मुल्य बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज चाँदीको मुल्य पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज तोलाको १३ सय १० रुपैयाँ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस