त्रिविका परीक्षा नरोकिने, अनलाइन कक्षा चलाउन निर्देशन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

त्रिविका परीक्षा नरोकिने, अनलाइन कक्षा चलाउन निर्देशन


८ बैशाख २०७८, बुधबार


काठमाडौँ । कोरोना सङ्क्रमण वृद्धि भएपछि त्रिभुवन विश्वविद्यालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै परीक्षा सञ्चालन गर्ने भएको छ । पछिल्लो समय कोरोनाको दोस्रो लहरले भयावह रूप लिने देखिएपछि प्रभावित मुख्य सहरहरूका शैक्षिक संस्था वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भए पनि परीक्षा भने सञ्चालन गरिने भएका हुन् ।

पठनपाठनमा पनि प्रभाव नपर्ने गरी शैक्षिक संस्था बन्द भई भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न नसकिने क्षेत्रहरूमा अनलाइन कक्षा सञ्चालनको व्यवस्था मिलाउन त्रिविले निर्देशनसहितको सूचना जारी गरेको छ ।

विश्वविद्यालयले मङ्गलवार जारी गरेको ८ बुँदे सूचनामा आवश्यक स्वास्थ्य सावधानी अपनाई परीक्षा सञ्चालन गर्न क्याम्पसहरूलाई निर्देशन गरेको छ ।

यस्तै, विश्वविद्यालय तथा क्याम्पसहरूमा २५ जनाभन्दा बढी हुने गरी कुनै पनि सभा सम्मेलन गोष्ठी नगर्न, अनलाइन कक्षा माइक्रोसफ्ट टिमबाट लिन पनि विश्वविद्यालयले निर्देशन दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस