फोर्ब्सको एसियाका प्रभावशाली ३० युवाको सूचीमा नेपालका दुई जना « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

फोर्ब्सको एसियाका प्रभावशाली ३० युवाको सूचीमा नेपालका दुई जना


८ बैशाख २०७८, बुधबार


काठमाडौँ। विश्व प्रसिद्ध फोर्ब्स म्यागाजिनले सार्वजनिक गरेको एसियाका प्रभावशाली ३० युवाको सूचीमा नेपालका दुई युवा परेका छन् ।

मंगलबार सार्वजनिक गरिएको सूचीमा ‘इन्टरटेन्मेन्ट एण्ड स्पोर्टस्’ विधाबाट गौरिका सिंह प्रभावशाली युवाको सूचीमा परेकी छन् । त्यस्तै ‘फाइनान्स एण्ड भेन्चर क्यापिटल’ विधामा प्रकाश कोइराला छन् ।

मंगलबार फोर्ब्सको सूचीअनुसार विभिन्न १० विधामा प्रभावशाली ३०–३० युवाहरु समावेश छन् । सबै युवाहरु ३० वर्षमुनिका छन् । फोर्ब्सको प्रभावशाली युवाको सूचीमा परेकी गौरिका सिंहले ९ वर्षदेखि पौडी खेल्दै आएको र १२ वर्षको उमेरदेखि नेपालको तर्फबाट प्रतिस्पर्धा गर्दै आएको उल्लेख गरेको छ ।

सन् २०१९ को दक्षिण एसियाली खेलकूदमा गौरिकाले चार स्वर्ण, दुई रजत र तीन कास्य पदक जितेकी थिइन् ।

त्यसैगरी सन् २०१६ मा आयोजित रियो ओलम्पिकमा गौरिका सबैभन्दा कान्छी खेलाडीको रुपमा सहभागी भएकी थिइन् । उनी अहिले माइती नेपाल र शान्ति एजुकेसन इनिसिएटिभ्सकी सद्भावना दूत पनि हुन् ।

अर्का युवा प्रकाश कोइराला फिनलिट नेपालका संस्थापक हुन् । उनले सन् २००९ यता वित्तीय साक्षरता कार्यक्रम चलाइरहेका छन् ।

कोइरालाले सन् २००९ मा गरिबी निवारणका लागि फिनलिट नेपाल स्थापना गरेर निम्न आय भएका मानिसहरुमा आधारभूत वित्तीय शिक्षा प्रदान गर्दै आइरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस