कोरोना सङ्क्रमित पूर्वराजा दम्पती निर्मल निवासको सेल्फ आइसोलेसनमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोना सङ्क्रमित पूर्वराजा दम्पती निर्मल निवासको सेल्फ आइसोलेसनमा


७ बैशाख २०७८, मंगलबार


काठमाडौँ । कोरोना सङ्क्रमण देखिएका पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमल राज्यलक्ष्मी शाह निर्मल निवासस्थित सेल्फ आइसोलेसनमा बसेका छन् ।

भारतको हरिद्वारमा आयोजित महाकुम्भ मेलामा सहभागी भएर नेपाल फर्केका दुवै जनामा कोरोना सङ्क्रमण देखिएको हो।

पूर्वराजाको सचिवालयले दुबैमा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको छ।

नेपाल फर्केपछि दुवैको पिसिआर परीक्षण गरेका राजा दम्पतीको मंगलबार पिसिआर रिपोर्ट आउँदा कोरोना सङ्क्रमण देखिएको थियो ।

दुवैजना अहिले निर्मल निवासको सेल्फ आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको सहयोगी फणीराज पाठकले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस