१२८ उपसचिवको अभिमुखीकरण ९ गतेदेखि « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

१२८ उपसचिवको अभिमुखीकरण ९ गतेदेखि


७ बैशाख २०७८, मंगलबार


काठमाडौँ । नवनियुक्त उपसचिवहरूको पाँच दिने अभिमुखीकरण तालिम यही वैशाख ९ गतेबाट शुरु हुने भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना प्रकाशित गर्दै केही समय अघि मात्रै ज्येष्ठता तथा कार्यसम्पादन र कार्यक्षमता मूल्यांकनद्वारा उपसचिवमा बढुवा भएका १२८ जना अधिकृत कर्मचारीको तालिमको मिति सार्वजनिक गरेको हो ।

जसमा नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहतर्फ ८९ जना, लेखा समूहतर्फ १६, राजश्व समूह १४, नेपाल लेखा परीक्षण सेवातर्फ ५, नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवाको तथ्याङ्क समूहतर्फ एक, बोटानी समूह १, विविध सेवा एक र पुरातत्त्व समूहका एक जना रहेका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस