समर्थन फिर्ताबारे माओवादी केन्द्र अलमलमा, बैठक भोलि पुन: बस्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

समर्थन फिर्ताबारे माओवादी केन्द्र अलमलमा, बैठक भोलि पुन: बस्ने


७ बैशाख २०७८, मंगलबार


काठमाडौँ । केपी ओली नेतृत्वको वर्तमान सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिनेबारे नेकपा माओवादी केन्द्रमा अलमल देखिएको छ । नयाँ सरकार गठनका लागि स्पष्ट खाका तयार नभएकाले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन ढिलाइ गरेको हो ।

मंगलबार पार्टी कार्यालय कोटेश्वरमा बसेको माओवादी स्थायी कमिटी बैठकमा पनि समर्थन फिर्ताबारे छलफल भएपनि निर्णय हुन नसकेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले नयाँ सरकार गठनका लागि काँग्रेसलगायतका दलसँग छलफल भइसकेको र त्यसले छिट्टै निष्कर्षमा पुग्ने बताए ।

उनले भोली (बुधबार) दिउँसो १ बजेका लागि पुन: बैठक बोलाइएको र सो बैठकले यसबारे निर्णय लिनसक्ने संकेत गरे । यद्यपि, उनले ओली सरकारलाई पार्टीको कुनै पनि हिसाबले समर्थन नरहेको भन्दै मात्रै कानुनी रुपमा मात्रै समर्थन रहेको बताए ।

आजको बैठकले वर्तमान सरकारले संविधान र लोकतन्त्रको विरुद्ध काम गरिरहेको, नेपाली जनताको जनादेशविरुद्ध काम गरेको, कम्युनिस्ट आन्दोलनका विरुद्ध काम गरेको र बिसर्जनवादी आक्रमण गरेको, बाह्य हस्तक्षेपलाई आमन्त्रण गरेको ठहर गरेको पनि उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस