खनाल–नेपाल समूहको वैशाख ९ गतेको कार्यक्रम स्थगित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

खनाल–नेपाल समूहको वैशाख ९ गतेको कार्यक्रम स्थगित


७ बैशाख २०७८, मंगलबार


काठमाडौँ । नेकपा (एमाले)को खनाल–नेपाल समूहले यही वैशाख ९ गतेका लागि तय गरेको कार्यक्रम स्थगित भएको छ।

कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा काठमाडौँमा गर्न लागेको कार्यक्रम कोरोनाको बढ्दो संक्रमणका कारण स्थगित गरेको योगेश भट्टराईले बताएका छन् । उनले एक विज्ञप्ति जारी गर्दै कोरोनाभाइरस संक्रमण नियन्त्रण र रोकथाममा सरकार असक्षम भएको आरोपसमेत लगाएका छन् ।

‘कोरोनाभाइरस संक्रमण नियन्त्रण र रोकथाममा सरकार असक्षम भइरहेको छ । यही परिस्थितिलाई मध्यनजर गर्दै ९ वैशाख २०७८ मा काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित विशेष कार्यक्रम स्थगित गरिएको छ । तर, संक्रमण नफैलिएका जिल्लाहरुमा भने जारी स्वास्थ्य मापदण्डको पालना गरेर कार्यक्रमहरु गर्न सबैमा अनुरोध छ,’ उक्त विज्ञप्तिमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस