बाँके । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढेसँगै बाँकेमा लकडाउन गर्न सिफारिस भएको छ ।
नेपालगञ्ज उपमहानरपालिका लगायतका क्षेत्रमा संक्रमण बढेसँगै लकडाउनका लागि सिफारिस भएको हो ।
यसबारे भोलि निर्णय हुने प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । लकडाउन गरेर हिँडडुलमा समेत नियन्त्रण गर्नुपर्छ भनेर सिफारिस भएको उनले बताए । कुन-कुन क्षेत्रमा गर्ने भनेर निर्णय हुन बाँकी रहेको उनले बताए ।