खनाल-नेपाल समूहले बोलायो सांसदहरुको बैठक « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

खनाल-नेपाल समूहले बोलायो सांसदहरुको बैठक


७ बैशाख २०७८, मंगलबार


काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले आफ्नो पक्षका सांसदहरुको बैठक बोलाएका छन् । बैठक मंगलबार दिउँसो बानेश्वरको अर्याल होटलमा सुरु हुनेछ ।

पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले आफूसहित केन्द्रका २७ र प्रदेशका पाँच सांसदलाई संसद पदबाट किन नहटाउने ? भन्दै स्पष्टीकरण सोधेपछि नेपालले सांसदहरुको बैठक बोलाएका हुन् । ओलीले स्पष्टिकरण सोध्ने तयारी गरेपछि आवश्यक रणनीति बनाउन बैठक बोलाइएको हो ।

अध्यक्ष ओलीले माधव कुमार नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, झपट रावल, पवित्रा निरौला, मेटमणि चौधरी, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, भवानी खापुङ, नारायण खतिवडा, जयकुमार राई, गणेश पहाडी, दिपकप्रकाश भट्ट, हिराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, नीरादेवी जैरु, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, मुकुन्द न्यौपानेलाई दुई दिन भित्र स्पष्टीकरण बुझाउन भन्दै पत्र पठाइसकिएको छ  ।

Tags :
प्रतिक्रिया दिनुहोस