ड्युटीमा रहेका गुल्मी कारागारका एक कर्मचारीले गरे आत्महत्या « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

ड्युटीमा रहेका गुल्मी कारागारका एक कर्मचारीले गरे आत्महत्या


७ बैशाख २०७८, मंगलबार


काठमाडौँ । गुल्मी कारागारका एक कर्मचारीले झुण्डिएर आत्महत्या गरेका छन् । कारागारमा कार्यरत कार्यालय सहयोगी रेसुङ्गा नगरपालिका–१० सिमीचौर बस्ने ४४ वर्षीय गोविन्दप्रसाद पाण्डेले झुण्डिएर आत्महत्या गरेको कारागार स्रोतले जानकारी दिएको छ ।

पाण्डे मङ्गलवार बिहान मृत फेला परेका हुन्। मृतकले अफिसकै कोठामा झुण्डिएर आत्महत्या गरेको कारागार स्रोतको भनाइ छ । उनको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गुल्मीमा लगिएको छ।

यसअघि पनि उनले विष सेवन गरी आत्महत्याको प्रयास गरेको बताइएको छ ।

पाण्डे ६० सालदेखि करारमा कार्यरत रहेको बुझिएको छ । उनी गत चैत ३० गते मात्रै घर गएर काममा फर्किएका थिए। मृतक पाण्डेका एक छोरा र दुई छोरी छन्।

Tags :
प्रतिक्रिया दिनुहोस