भारतले १८ वर्षमाथिका सबैलाई कोरोना खोप दिने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भारतले १८ वर्षमाथिका सबैलाई कोरोना खोप दिने


७ बैशाख २०७८, मंगलबार


नयाँदिल्ली । भारत सरकारले १८ वर्षमाथि सबै नागरिकलाई कोरोना भाइरसविरूद्धको खोप दिने घोषणा गरेको छ। सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको बैठकले मे १ देखि सुरू हुने तेस्रो चरणको खोप अभियानमा १८ वर्षमाथिका सबै नागरिकलाई खोप दिने निर्णय भएको हो।

यसअघि भारतमा ४५ वर्षमाथिकालाई मात्र खोप लगाइन्थ्यो।

प्रधानमन्त्री मोदीले धेरैभन्दा धेरै भारतीयलाई कमभन्दा कम समयमा खोप लगाउनका लागि आफ्नो सरकारले गएको एक वर्षदेखि काम गरिरहेको बताएका छन्।

भारतमा गत जनवरी १६ बाट कोरोना खोप लगाउन सुरू गरिएको थियो। सुरूमा स्वास्थ्यकर्मी र अंग्रपंक्तिमा खटिने कर्मचारीलाई खोप लगाइएको थियो। मार्च १ बाट सुरू भएको दोस्रो चरणमा ४५ वर्षमाथिका नागरिकलाई खोप लगाउन थालिएको थियो।

 

Tags :
प्रतिक्रिया दिनुहोस